प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबिच भेटवार्ता 



काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटवार्ता भएको छ । नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठक बस्नुअघि सभापति देउवाले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्  ।

आज दिउँसो देउवा निवास धुम्बाराहीमा बैठक बस्दै छ । पार्टीका पूर्वपदाधिकारीको समेत सहभागी हुने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने  जनाइएको छ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्‍याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाँणलाई बुधवार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्