नक्कली शरणार्थी प्रकरणमा ४ जेठको संसद्मा तथ्य प्रस्तुत गर्ने तयारीमा अध्यक्ष ओली



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थीमा आफूहरूले तथ्यहरु खोजिरहेको बताएका छन् । उनले आफुहरुले उक्त प्रकरणमा तथ्यहरू खोजिरहेको बताउँदै आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै तथ्यहरूको बारेमा जेठ ४ गतेको संसद्मा बोल्ने बताएका हुन् ।

उनले भने, ‘सम्भव म चार गते पार्लियामेन्टमा बोल्छु । चार गते मैले संसद्मा बोल्ने बेलासम्ममा कुन शरणार्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो रु कसले पठायो रु को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोसिस गर्छु ।’

प्रतिक्रिया दिनुहोस्