धुम्बाराहीमा काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक जारी 



काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक धुम्बाराहीमा सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज दिउँसो साढे २ बजेबाट बैठक सुरु भएको हो । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण, पार्टीको आन्तरिक गतिविधि र प्रदेशहरूमा मन्त्री छनोटका विषयमा छलफल गर्ने छ ।

बुधवारको बैठकमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई पार्टीबाट निलम्बनको प्रस्ताव गरेका थिए । आज बैठक बस्नु भन्दा पहिले सभापति देउवाले प्रधानमन्त्री प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्