गठबन्धनका नाममा अलोकतान्त्रिक र विकृत राजनीतिक : ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा अहिले नेपालमा अलोकतान्त्रिक र विकृत राजनीतिक भइरहेको बताएका छन् । बिहीबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले नेपालको संविधानले बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीको प्रबन्ध गरे पनि त्यसविपरित गठबन्धनका नाममा अलोकतान्त्रिक र विकृत राजनीतिक अभ्यासमा सत्ताधारी राजनीतिक दलहरु लागेको आरोप लागएका छन् ।

ओलीले भने, ‘पछिल्लो समय बिना कुनै सैद्धान्तिक या नीतिगत आधार जो कसैसँग गठबन्धन गर्ने, निर्वाचनमा जसरी पनि जित्नका लागि जो कसैसँग गठबन्धन बनाउने, जस्तासुकै कुकर्म गर्ने र गठबन्धनलाई अनुत्तरदायी, दोहनकारी र अलोकतान्त्रिक शासनको हतियार बनाउने क्रम बढेको छ ।’

अध्यक्ष ओलीले सत्ता पक्षले गठबन्धन गरेर विपक्षमाथि आक्र

मण गर्ने चरम अलोकतान्त्रिक चरित्र भएको बताएका छन् । उनले धने, ‘राष्ट्रिय महत्त्वका विषयमा नीतिगत विषयमा सहमति खोज्ने होइन, मिलीजुली सत्ता भोग र दोहन गर्ने उद्देश्यले हुने यस्ता गठबन्धनले राजनीतिलाई थप विकृत बनाइरहेको छ’, ओलीले भनेका छन्, ‘केही दर्जन विद्यार्थी पढ्ने क्याम्पसका स्ववियु निर्वाचनमा समेत यस्तो विकृति झाँगिँदै गएको छ र समाजलाई नै प्रदूषित गरिरहेको छ ।’

उनले वर्तमान गठबन्धनले स्थापित संस्थाहरू माथिको प्रहारलाई निरन्तर जारी राखेको तथा प्रतिशोधको मनसायले महाअभियोग प्रस्ताव पेस गर्ने र त्यस प्रस्तावलाई निष्कर्षमा पुग्न नदिने गठबन्धनका हर्कतका कारण सर्वोच्च अदालत झन्डै दुई वर्षदेखि कामु प्रधानन्यायाधीशका नेतृत्वमा चलिरहेको बताए । उनले भने, ‘राजनीतिक पूर्वाग्रहका आधारमा तत्कालीन राष्ट्रपतिमाथि बारम्बार गरिएको प्रहार होस् या नेपाल राष्ट्र ब्याङ्कजस्ता स्वायत्त संस्थामाथिको हस्तक्षेप, यो गठबन्धन राज्यका सबै अङ्गलाई भयदोहन गरेर आफ्नो स्वार्थपूर्तिका साधन बनाउन चाहन्छ र त्यसो हुन तयार नहुनेहरूलाई कमजोर र क्षतविक्षत बनाउन चाहन्छ भन्ने स्पष्ट देखिन्छ’, ओलीले भनेका छन, ‘हाम्रो पार्टी राजनीतिमा देखापरेका यस्तो विकृतिका विरुद्धमा छ र स्वस्थ लोकतान्त्रिक अभ्यास, प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली र जनताप्रति उत्तरदायी शासन व्यवस्थाको पक्षमा उभिन्छ ।’

प्रतिक्रिया दिनुहोस्