काँग्रेस पदाधिकारी बैठकमा सकियो , खाँण निलम्बनबारे के भयो छलफल ?



काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सकिएको छ । आज बिहीबार बसेको बैठकले नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकोमा निलम्बन गर्नुपर्ने  वा नगर्नुपर्ने विषमा कुनै निर्णय गरेको छैन ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले निलम्बन गर्नुपर्ने कुरा बैठकमा उठेको तर निष्कर्षमा नपुगेको बताएका छन् । उनले पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा भने , ‘केही कुरा उठेको छ । तर कुनै पनि कुरामा निष्कर्षमा पुगेका छैनौँ ।

सहमहामन्त्री परियारका अनुसार खाँण अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु  नहुने बताए । परियारले भने,  ‘उहाँ छानबिनका लागि तयार हुनुभएको छ । हाम्रो पार्टीका नेताले अनुसन्धानका लागि सहयोग गर्नुभएको छ । नेकपा एमालेका पदाधिकारी आज पनि फरार हुनुहुन्छ । तर काँग्रेस दोषीलाई उम्काउने प्रयासमा छैन ।’

पदाधिकारी बैठकमा कोसी प्रदेशमा केन्द्रमा रहेको सत्तारुढ गठबन्धन अनुसारको सरकार नभएको बारे पनि छलफल भएको छ ।  प्रदेश  विषयमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा , सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई छलफलको जिम्मा दिइएको जनाइएको छ ।

त्यस्तै  आजको बैठकमा नागरिकता विधेयकका विषयमा पनि छलफल भएको र यस विषयमा कानुनविद्सँग राय लिने काँग्रेसको तयारी रहेको  परियारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्