थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जना गरी ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि  भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन र १४ जना कोरोना सङ्क्रमण निको भई डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या १२६ रहेको  छ ।

प्रतिक्रिया दिनुहोस्