खाँणलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइयो 



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई दोस्रो पटक अदालतमा उपस्थित गराइएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणलाई आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको हो ।

प्रहरीले म्याद थप गर्ने प्रयोजनका लागि अदालतमा उपस्थित गराएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका खाँणमाथि अनुसन्धानका लागि यसअघिको  चार दिनको म्याद सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्