चट्याङ लागेर एकै परिवारका ४ जना घाइते



काठमाडौँ । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । गएराति करिब साढे १० बजेतिर चट्याङ लाग्दा डुंगेश्वर गाउँपालिका-२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीय हेमा विक, १७ वर्षीय पूर्णा विक र २० वर्षीय पुष्पा विक घाइते भएका हुन् ।

उनीहरू घरभित्रै सुतिरहेका बेला चट्याङ लागेको थियो । घाइते भएकाहरूको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूलाई गएराति नै एम्बुलेन्समार्फत दैलेख अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्