बालकृष्ण खाँणले आफूलाई निर्दोष प्रमाणित गर्छु भन्नुभएको छ : प्रवक्ता महत 



काठमाडौँ । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको परेपछि उनलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा बहस  चलिरहेको छ । काँग्रेस भित्रै खाँणलाई निलम्बन गर्ने वा नगर्ने भन्ने दुई मत देखिएको छ ।

मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा  नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले, खाँणले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बन नगरेको बताएका छन् । ‘निर्दोष रहेको उहाँले भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो, उनले भने । महत नेपाली काँग्रेस यस विषयको अनुसन्धानमा सहयोग गर्ने बताएका छन् । गिरोहसँग लेनदेन गरेको आरोप लागेपछि खाँणलाई गत वैशाख २७ गते प्रहरीले  काठमाडौँस्थित निवासबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्