अस्ट्रेलियाका सहायक विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अस्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सबिच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकास र समृद्धिमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए । प्रधानमन्त्रीले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको अवस्था र समस्याहरूका बारेमा चासो राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले अस्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन्। भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरूको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका लगायतका विषयमा कुराकानी भएको छ । मन्त्री वाट्सले अस्ट्रेलियामा नेपालीहरूले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्