एकीकृत समाजवादीको भ्रष्टाचारविरुद्धको प्रर्दशन 



काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौँको माइतीघर मण्डलामा नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी रहेकाहरूलाई कारबाहीको माग गर्दै नेकपा एसले प्रदर्शन गरेको हो ।

समाजवादीका कार्यकर्ताहरुले युवा सङ्घको खबरदारी, नउम्किउन् भ्रष्टाचारी, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कारबाही गर लगायतका नारासहित प्रदर्शन गरेको हो । एकीकृत समाजवादीले आजनै प्रधानमन्त्री र गृहमन्त्रीलाई दोषीलाई कारबहीको माग गर्दै ज्ञापन पत्र समेत बुझाएको छ ।

नेकपा एसले दिउँसो साढे एक बजे सिंहदरबारस्थित मन्त्रालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र देशभरबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको  हो

नक्कली शरणार्थी प्रकरणमा पुर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनी मन्त्री हुँदा गृह सचिव रहेका टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत पक्राउ परिसकेका छन् । प्रहरीले अनुसन्धानका क्रममा हालसम्म १६ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्