७ वर्षको लामो छायाङ्कनबाट निर्माण गरिएको सरफरोश 



काठमाडौँ । भारतीय फिल्म सरफरोशका केही त्यस्ता लाइनहरू छन् जो हाम्रो शरीरमा पनि काँडा उब्जाइ दिन्छ । ‘म मेरो देशलाई आफ्नो घर ठान्छु’। यो फिल्मको देशभक्ति सबैभन्दा बलियो ल्याइन हो । एसीपी अजय सिंह राठौरको यो संवाद याद छ, फिल्ममा एसीपीको भूमिकामा आमिरको भूमिकालाई निकै मन पराइएको थियो । सरफरोश फिल्म भारत तथा अन्य देशका हलै प्रदर्शनमा आएको थियो ।

फिल्ममा अमिर खान,सोनाली बेन्द्रे, नसिरुद्दीन शाह, मुकेश ऋषि गोविन्द नामदेव लगायतको  मुख्य भूमिका रहेको छ। भारतीय फिल्मको साटोमा बनेको यो फिल्मको लागत कम नै रहेको छ ।  फिल्म ८ करोडको बजे निर्माण गरिएको हो । फिल्म निर्देशक जोन म्याथ्यु म्याथनको निर्देशनमा निर्माण गरिएको हो । फिल्मको लगानी त्यति धेरै नभए पनि फिल्म निर्माणमा लामो समय  लागेको थियो । फिल्म निर्माणमा ७ वर्ष लागेको थियो ।

फिल्म ‘सरफरोश’ ३० अप्रिल १९९९ मा रिलिज भएको फिल्मको प्राय दृश्य  भारतको राजस्थानमा छायाङ्कन गरिएको थियो । फिल्मले भारु ३० करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । विशेष गरी फिल्ममा मोहनगढ फोर्ट र जैसलमेरको मन्दिर दरबार समावेश छ

प्रतिक्रिया दिनुहोस्