प्रदेश तहका सबै इकाईहरू खारेज गरौँ : राप्रपा नेपाल



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा नेपाल०ले प्रदेश संरचना खारेजीको माग गरेको छ । राप्रपाले प्रदेश तहका सबै इकाईहरूको विद् टन गर्नुपर्ने बताएका छन् ।

राप्रपा नेपाल केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तारित बैठकले एक विज्ञप्ति जारी गर्दै,सङ्घीय संरचना अन्तर्गतको प्रदेश तह आर्थिकरूपमा बोझिलो तथा अनेकौँ राजनीतिक विकृति र विसङ्गतिको कार्य थलो साबित भएको ठहर गरेको छ ।

केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न सुदृढ स्थानीय स्वायत्त सरकार गरी दुई तहको संरचना वा सरकार कायम गरिनुपर्ने राप्रपा नेपालकाे निर्णय रहेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘ प्रदेश तहको सभा र सरकार सम्बन्धी वर्तमान व्यवस्था खारेज गर्न राप्रपा नेपाल माग गर्दछ । प्रदेश तहको संरचना खारेज हुनपर्छ भन्ने पार्टीको दृढ मान्यता भएको कारण राप्रपा नेपालको पार्टी अन्तर्गतका प्रदेश तहको सबै इकाईहरू विघटन गर्ने बैठक निर्णय गर्दछ ।’

बैठकले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार काण्डमा संलग्नलाई कारबाही गर्न र धर्म परिवर्तन रोक्न माग गरेको छ ।यस्तै हाल विद्यमान मिश्रित निर्वाचन प्रणालीको सट्टा संविधानमा संशोधन गरेर पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्न पनि बैठकले माग गरेको छ ।

बैठकले आगामी २०८० फागुन ७, ८ र ९ गते काठमाडौँमा तय भएको केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गर्दै पार्टीको सङ्गठन विस्तारलाई युद्ध स्तरमा कार्यान्वयन गर्ने, देशको सम्पूर्ण ७५३ वटै पालिकाहरूमा पार्टीको इकाई गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्