प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय 



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही १७ जेठमा भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरूको परामर्शमा प्रधानमन्त्री प्रचण्डको १७  जेठ देखि २० गतेसम्म भारत भ्रमण गर्ने भएका हुन् ।

भ्रमणको मिति औपचारिक रूपमा सार्वजनिक भने भइसकेको छैन । ‘भारत जाने जेठ १७ गते फिक्स्ड भयो । अब शुक्रवार वा शनिवार प्रेस रिलिज सार्वजनिक गरिने स्रोतले जनाएको छ । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे जानकारी दिन प्रेस रिलिज सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत जाने र १८ गते समकक्षी नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । जेठ १९ गते उनी मुम्बई जाने र २० गते स्वदेश फर्किने गरी भ्रमणको तालिकालाई अन्तिम रूप दिने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्