नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सरकारको आग्रह गर्ने मन्त्रिपरिषद् निर्णय



काठमाडौँ । सरकारले सङ्घीय सांसदबाट पारित भएर राष्ट्रपति कार्यालयमा पुगेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले गत असोजदेखि राष्ट्रपति कार्यालयमा निर्णयविहीन अवस्थामा रहेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

यसअघि राष्ट्रपति राबमचन्द्र पौडेलले नागरिकता विधेयकका विषयमा विभिन्न कानुका विज्ञहरूसँग पनि छलफल गरिसकेका छन् । उक्त नागरिकता विधेयक त्तकालीन राष्ट्रपति विद्या देवी भण्डारीले सांसदमै फिर्ता पठाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्