सिके राउत र भाजपा विदेश प्रमुखबिच भेटवार्ता



काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउत र भारतीय जनता पार्टीकाविदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । उनीहरू बिच भारतको नयाँ डिल्लीमा भेटवार्ता भएको हो ।

अध्यक्ष राउत र भाजपा विदेश विभाग प्रमुख बिच आपसी सबन्धका बारेमा भेटवार्ता भएको जनाइएको छ । सो भेटमा दुई देश बिचको सबन्ध र दुई पार्टी बिचको सबन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो । सो भ्रमण सकेर राउत सोमवार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । शनिवार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन्। राउत भारत भ्रमणका लागि शनिवार गएका हुन्।

प्रतिक्रिया दिनुहोस्