धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनमा अमेरिकालाई नेपालको कूटनीतिक नोट



काठमाडौँ । सरकारले अमेरिकाले सार्वजनिक गरेको धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनमा नेपालबारे उल्लेख भएका विषयप्रति असहमति जनाउँदै अमेरिकालाई ‘कूटनीतिक नोट’ पठाएको छ ।

नेपालले काठमाडौँस्थित अमेरिकी राजदूतावासमार्फत अमेरिकालाई यस विषयमा कूटनीतिक नोट पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साले जनाकारी गराएका छन् । अमेरिकाले प्रतिवेदनमा केही विषय उठान गरेपछि नेपालले अमेरिकालाई कूटनीतिक नोट पठाएको हो तर अमेरिकाबाट भने कुनै जवाफ आएको छैन ।

सन् २०२२ को धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा नागरिक समाजको हवाला दिँदै भारतको सत्तारूढ दल भारतीय जनता पार्टी ९भाजपा० र अन्य समूहहरूले नेपालका नेताहरूलाई हिन्दु राष्ट्रको पक्षमा बोल्न र समर्थन गर्नका लागि दवाव दिन पैसा दिइरहेको उल्लेख गरेको छ ।

प्रतिवेदन सार्वजनिक भएपश्चात् संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चासो व्यक्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा अमेरिकालाई कूटनीतिक नोट पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्