कृषि तथा पशुपन्छी मन्त्रालयलाई ५८ अर्ब बजेट



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ५ करोड ६० लाख डोज भ्याक्सिन उत्पादन गर्न आवश्यक रकम विनियोजन गरेको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहको संलग्नतामा एकीकृत कार्यक्रम सञ्चालन गर्ने समेत घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन भएको छ ।

नेपालमा हुने पशुपालनमा आउने महामारीबाट हुने क्षति रोक्न खोप कार्यक्रम सञ्चालन गर्ने र यसका लागि उक्त खोप उत्पादनको लागि बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् ।

पछिल्लो १० वर्षको कृषि क्षेत्रको आव २०७०/७१ –२१ अर्ब ४० करोड,आव २०७१/७२ –२३ अर्ब २८ करोड,आव २०७२/७३ –२१ अर्ब ५१ करोड,आव २०७३/७४ –२७ अर्ब ४३ करोड,आव २०७४/७५ –२४ अर्ब २६ करोड,आव, २०७५/७६ –२९ अर्ब ९४ करोड, आव २०७६/७७ –३४ अर्ब ८३ करोड,आव २०७७/७८ –३७ अर्ब ४० करोड ,आव २०७८/७९ –४५ अर्ब ०५ करोड, आव २०७९/८० –५५ अर्ब ८९ करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्