नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड 



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड  बनाएको छ । १७ जेठ ,बुधवार सुन तोलामा नै एक हजार ५०० रुपैयाँले बढेसँगै सुन नयाँ मूल्य रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । सरकारले भन्सार दर बढाएसँगै सुनको भाउ आकासिएको हो ।

मङ्गलवार पनि सुनको भाउ २ हजार ४०० रुपैयाँले महँगिएको थियो । हिजो सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँ तोकिएको थियो । यसअघि वैशाख २१ गते सुनको  मूल्यले उच्च मूल्य रेकर्ड बनाएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँको उचाइमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्