प्रधानमन्त्री प्रचण्ड र मोदीबीच सीमा समस्याका विषयमा के भयो छलफल ?



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबिच  नेपाल९भारत सीमा समस्याबारे छलफल भएको छ।  बिहीबार हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दुवै प्रधानमन्त्रीले सीमा विवादबारे कुराकानी भएको जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदीले वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्न सकिने बताएका छन् ।

मोदीले भने , ‘हामी हाम्रो सम्बन्ध हिमालयको उचाइमा पुर्‍याउनका लागि काम गरिरहनेछौँ। यही भावनाका साथ सीमासम्बन्धी वा अन्य विषयहरूको पनि समाधान गर्छौँ । ‘ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पनि सीमा विवाद समाधानका विषयमा कुराकानी भएको बताए।

प्रधानमन्त्री प्रचण्डले भने , ‘प्रधानमन्त्री मोदी र मैले सीमाका विषयमा पनि छलफल गर्‍यौँ। मैले स्थापित कूटनीति संयन्त्रबाट सीमा विवाद समाधान गर्नुपर्ने कुरा राखेँ ।’  नेपाल र भारतबिच लिपुलेक-लिम्पियाधुरा, सुस्तालगायत विभिन्न ठाउँमा सीमा विवाद छ।

प्रतिक्रिया दिनुहोस्