नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट सर्वोच्चमा



काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट सर्वोच्च अदालतमा पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि उक्त कदम खारेज गर्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले रिट पेस गरेका हुन् ।

रिटमा निवेदकहरूले राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गर्दै प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अङ्ग नबनाउन माग गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा सत्तापक्ष दलहरूले भने राष्ट्रपतिको उक्त कार्य राम्रो भएको बताएका छन् । भने, प्रतिपक्षमा रहेका दलहरूले भने राष्ट्रपतिको यस कदमको विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्