प्रचण्डलाई भेटाउने काम रायमाझी गरे 



काठमाडौँ । नक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान सकिएको छ । बयानका क्रममा उनले सानु भण्डारी र केशव दुलालसँगै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीबारे नयाँ पोल खोलेका छन् ।

उनले आज अदालतमा दिएको बयानमा सानु र केशव नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बयान दिएका छन् । आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौँ ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्‍याएको रिजालको बयान रहेको छ । रायमाझीसँग भएको कुराकानी क्लियर नभएपछि प्रचण्ड कहाँ लगेको र प्रचण्ड निवासमा आफू टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलाल  गएको रिजालको बयान रहेको छ ।

भेटमा रायमाझीले सानु र केशवलाई प्रचण्डसँग चिनजान गराएका थिए । आफूले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको भन्दै उनले भनेका छन्, ‘प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला । सम्बोधन हुनसक्ने भए समाधान गर्नु भन्नु भयो ।’

प्रतिक्रिया दिनुहोस्