सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद् बैठक भोलि सोमबारका लागि सरेको छ । संसद् सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार बिहान ११ बजे बस्ने  गरी सरेको जनाएको हो ।

यसअघि आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए । विपक्षी दलका सांसदहरूले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा भएको छलफलमा पनि दलहरूबिच सहमति हुन नसकेपछि बैठक भोलिलाई  सरेको हो ।

प्रतिक्रिया दिनुहोस्