सन्दीप लामिछाने दक्षिण अफ्रिका जाँदै



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज राति साढे २ बजे दक्षिण अफ्रिका जाने भएका छन् । सन्दीप कतार एयरवेजको विमानबाट अफ्रिका जान लागेका नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौँमा परेको मुद्दाको पेसी भएका कारण उनी यसअघि टिमका अन्य सदस्यसँग दक्षिण अफ्रिका जान पाएका थिएनन् ।तर जिल्ला अदालत काठमाडौँमा रहेको मुद्दाको पेसी सरेपछि सन्दीप दक्षिण अफ्रिका जान लागेको क्यानले जनाएको छ । जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारीमा रहेको नेपाली टिमले दक्षिण अफ्रिकामा चार वटा अभ्यास खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्