साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाल टिमको घोषणा



काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले दक्षिण एसियाली फुटबल फेडेरेसन साफ च्याम्पियनसिपको आसन्न १४औं संस्करणका लागि २३ सदस्यीय नेपाल टिमको घोषणा गरेका छन् । ३ नयाँ खेलाडीलाई समेट्दै टिमको घोषणा गरिएको हो ।

टिममा डिफेन्डरहरू विमल पाण्डे र सीमान्ता थापा तथा मिडफिल्डर लाकेन लिम्बु रहेका छन् । विमल त्रिभुवन आर्मी, सीमान्त जावलाखेल युथ र लाकेन थ्रीस्टार क्लबका खेलाडी हुन् ।

नेपाल टिम

गोलरक्षकः किरणकुमार लिम्बु (कप्तान), दीप कार्की र विशाल श्रेष्ठ

डिफेण्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सीमान्त थापा

मिडफिल्डरः पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने ।

फरवार्डः आयुश घलान, दीपकराज सिंह ठकुरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर

प्रतिक्रिया दिनुहोस्