सचिव पाण्डेलाई तारिखमा रिहा गर्न माग 



काठमाडौँ । कानुन व्यवसायीहरूले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई शङ्काको भरमा मुद्दा चलाइएको भन्दै सामान्य तारिखमा रिहा  गरिनुपर्ने बताएका छन् ।

अरू आरोपितहरूले बयानका क्रममा टेकनारायणले कागजात फेरबदल गर्न सक्छ भनेर नाम पोलेको भरमा मुद्दा चलेको भन्दै पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले शङ्काको भरमा कसैलाई पनि थुन्न नहुने भन्दै पाण्डेलाई तारिखमा रिहा गर्ने माग गरेका हुन् ।

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सोमबार भएको बहसमा पूर्व महान्यायाधिवक्ता श्रेष्ठले भने, ‘ऊ गृहसचिव भइहालेछ, उसलाई थाह नभएको पनि केही कुरा हुन्छ र भनेझैँ गरी मुद्दा चलाइयो । शङ्का लागेको कुरा पनि प्रमाण हुन्छ र रु’

सरकारको सचिव भइसकेको व्यक्ति भागेर जाने वा प्रमाण लोप गर्ने अवस्था नहुने भन्दै उनले सो माग गरेका हुन् ।  ‘उनले भने, मान्छे मारेको केस होइन, केही होइन । थुना र धरौटी पनि होइन, अझ बोलाएको बखत आउने गरी छाड्ने आदेश गरे हुन्छ ।’

इजलासलाई शङ्का लाग्छ भने सन्दीप लामिछानेलाई झैँ सर्तसहित छाड्ने सक्ने भन्दै उनले उच्च अदालतबाट भएको आदेश सर्वोच्चबाट सदर भएकोतर्फ ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्