प्लास्टिक, पर्यावरण र जनस्वास्थ्य



डा. केदार कार्की,काठमाडौँ । काठमाडौँमा मात्र दैनिक ४ लाख ७० हजारदेखि ४ लाख ८० हजार प्लास्टिकका झोला दैनिक प्रयोग हुन्छ । नेपालमा १६ प्रतिशत सहरी फोहोरमैला प्लास्टिकजन्य उत्पादनका हुन्छन् जसबाट २ दशमलव ७ टन दैनिक प्लास्टिकजन्य फोहोर मैला निस्कन्छ ।

यदि हामी दैनिक तहमा हे¥यौं भने अनुसनधानकर्ताको दाबीअनुसार जनसमुदायले आजसम्म एक एक करोड टन प्लास्टिक उत्पादन गरेका छन् । जसमध्ये धेरैजसो प्रकृतिमा विलिन भएर जान्छन् । जसले मानव समुदाय तथा पर्यावरणलाई हानि पु¥याउँछ ।

मुलुकका मुख्य महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका जस्ता मुख्य राजमार्गमा खुलेका होटेल रेस्टुरेन्ट रिसोर्ट प्लास्टिकजन्य फोहोरमैला उत्पादनका लागि मुख्य जिम्मेवार मानिन्छन् । एक अनुमानअनुसार उत्पादित प्लास्टिकजन्य फोहोरमैलामध्ये आधा मात्र उचित तरिकाले तह लगाइन्छ । बाँकी हाम्रा महानगर, उपमहानगर, नगरको चोक गल्ली बाटामा छरपस्ट छरिएर रहेको देख्न सकिन्छ ।

नेपालभरि वर्षमा ५६ लाख प्लास्टिकको फोहोर उत्पादन गर्ने लाजमर्दो क्षमता राख्दछ तर त्यसमध्ये लगभग आधा प्लास्टिकको फोहोर राम्रोसँग संकलन हुन पाउँदैन । जसको परिणामस्वरूप हाम्रा नदीहरू पर्यावरण तथा परिस्थितिकीय तन्त्र दिनानुदिन गम्भीर रूपबाट विषाक्त हुँदै गइरहेको छ ।

वास्तवमा प्लास्टिकको फोहोरले एक्लै नेपाल मात्र पीडित छैन बरू यसले विश्वमै समस्या रहेको देखिन्छ । संयुक्त राष्ट्र संघको तथ्यांकले यसको विभीषिका वर्णन गर्दछन् । आज सम्पूर्ण विश्वप्रति वर्ष १० खराब प्लास्टिक झोला प्रत्येक मिनेट प्रयोग गरेर बाहिर फ्याकिन्छन् । प्रस्ट छ कि यिनका अधिकांश हिस्सा न त प्रयोग नै गर्न सकिन्छ ।

प्रश्न यो छ कि यो फोहोरको त्यो भाग जुन संकलन हुँदैन आखिरमा जान्छ कहाँ त ? वास्तवमा यो फोहोर हाम्रो धरतीमा धस्सिरहेको हुन्छ जहाँ यो सयौं वर्षसम्म नष्ट नभई बसिरहन्छ र यस धरतीमा बाँचिरहेका अमूल्य एवं दुर्लभ पशुपक्षी, मानिस र बोटबिरुवामा समस्या देखिएको छ । यसको धेरैजसो हिस्सा नदीनाला हुँदै हाम्रा महासागरमा जाने गर्दछन् ।

वास्तवमा यो सब पछिल्लो केही दशकबाट भइरहेको छ र यो सबै फोहोर महासागरमा गएर जम्मा हुँदै गइरहेको छ । महासागरको स्थिति पनि यस प्रदूषणले गर्दा धेरै विस्फोटक र विनाशकारी हुँदै गइरहेको छ । सम्ववतः अधिकांश वैश्विक जगत् र आधुनिक मानव समाजलाई यो सास छैन कि यो सम्पूर्ण सभ्यता नै पर्यावरण प्रदूषणरूपि ज्वालामुखीको मुहानमा बसेको छ ।

फलफूल तथा तरकारी केटाकेटीको दूध खाने बोतल, पिउने पानीको बोतल, कोल्ड ड्रिंसको बोतल तथा अन्य पदार्थहरू पूर्णरूपमा प्लास्टिकमा निर्भर छन् । समयको साथसाथै यी प्लास्टिकबाट विषफिनोल रसाउन थाल्छ र यी पदार्थ मिसियर हाम्रो शरीरमा पुग्दछ । प्लास्टिकले हाम्रो शरीरमा हुने उपस्थिति कैयौं पुस्ताहरूसम्म आफ्नो कुप्रभाव फैलाउन सक्षम भइरहन्छ । प्लास्टिकजन्य फोहोरमैला आज विश्वकैसामु परमाणुअस्त्रको प्रयोगभन्दा कैयौं अधिक ठूलो खतरा भएर आएको देखिन्छ ।

हावा र पानीबाट बनेको यस्तो प्राकृतिक भुमरी हो । जुन उत्तरी गोलाद्र्धमा घडीको सुइहरूको दिशामा घुम्दछ र दक्षिणी गोलाद्र्धमा विपरीत दिशामा यी भुमरीहरूको गति आफंै माध्यमबाट सुस्त हुन्छ र यो त्यही ठाउँ हो जहाँ हाम्रो सारा प्लास्टिक जम्मा भइरहेको छ । हाम्रो बैखिक महासागरमा जम्मा पाँच गायरहरू छन् र यिनमा सबैभन्दा ठूलो गायर हो ‘ग्रे प्यासिफिक फोहोरमैला क्षेत्र ।’

यस गायरको कुल क्षेत्र १४ लाख किलोमिटर छ र यो सम्पूर्ण विश्वले फ्याँकेको प्लास्टिक फोहोरलाई एकीकरण गर्ने सबैभन्दा ठूलो केन्द्र मानिन्छ । आज हाम्रा महासागरमा कुल ५० लाख वर्गमइलको सतहमा प्लास्टिककको फोहोर तैरिरहेको छ । यो एउटा विस्फोटक स्थिति हो । जुन निरन्तर बढोत्तरी हुँदै छ ।

प्लास्टिक फोहरको दुष्परिणाम

वास्तवमा प्लास्टिकजन्य फोहोर बडो जटिल हुन्छ र यो कहिल्यै पनि नष्ट हुँदैन । यो विनास नहुने घातक फोहोरका कारण लगभग १ लाखभन्दा बढी दुर्लभ समुन्द्री जीवप्रति वर्ष मारिन्छन् र १० लाखभन्दा बढी समुन्द्रमा कुल ६० हजार भन्दा बढी प्लास्टिक झोला हर समय तैरिरहेको हुन्छ । जुन, प्लास्टिकको फोहोरलाई रिसाइक्लिङ गरिन्छ ।

त्यसमा हजारौं रुपैयाँ प्रतिटन खर्च लाग्दछ । जुन त्यसको वास्तविक मूल्यभन्दा धेरै बढी हुन जान्छ । यसैले जुन फोहोर रिसाइकिलिङ हुन्छ त्यसको कुनै ठूलो लाभ पर्यावरणलाई प्राप्त हुँदैन । एक अध्ययनका अनुसार बिसफेनोल जसबाट प्लास्टिक बन्छ । प्रत्येक केटाकेटी युवा वृद्धको शरीरमा पाइन्छ ।

आज फलफूल, तरकारी बच्चाले दूध खाने बोतल, पानीका बोतलहरू, कोल्ड ड्रिंसका बोतलहरू र अन्य खाद्यपदार्थहरू सम्पूर्णरूपमा प्लास्टिकमाथि निर्भर छन् । समयको साथ साथ यी प्लास्टिकका वस्तुहरूबाट बिसफेनोल रसाउन थाल्दछ र यी पदार्थमा मिसिएर हाम्रो शरीरमा पुग्दछ ।

प्लास्टिक हाम्रो शरीरमा हुने उपस्थिति कैयौं पुस्तासम्म आफ्नो कुप्रभाव फैलाउन सक्षम हुन्छ । प्लास्टिकजन्य फोहर आज विश्वका सामु परमाणु अस्त्रको प्रयोगभन्दा कहीं अधिक ठूलो खत्रा भएको छ । यो एउटा विकराल समस्या हो ।

हामीमध्ये प्रत्येकले यो दायित्व निभाउनु पर्ने छ कि जहाँसम्म सम्भव हुन्छ प्लास्टिकको उपयोग नगरौं । प्लास्टिकजन्य फोहोर फैलिन नदिऊँँ । पर्यावरणका लागि धेरै नोक्सान पु–याउने प्लास्टिकको झोलामा प्रतिबन्ध लगाउन कानुनतः पहिले पनि बनाइएको छ तर यसको उपयोग प्रभावकारी हुन सकेको छैन ।

प्रत्येक नागरिकलाई प्लास्टिकको दुरूपयोगबाट हुने खतरा’दयगत सचेतना गराउनुपर्ने हुन्छ र यो पनि आवश्यक छ कि प्लास्टिकको उत्पादनमा तत्काल प्रभाव हुनेगरी पूर्णप्रतिबन्ध लगाउन जरुरी छ ।

बढ्दो जनसंख्या र नियोजित एवं अदूरदर्शी औद्योगिक विकासका कारण पूरा देश प्लास्टिकजन्य फोहरको थुप्रो बढ्दै छ । केहीकतै कुनै योजना छैन । देशको नागरिकमा न त यस सन्दर्भमा आवश्यक जागरुकता नै छ र न त कुनै सजग र सर्तक प्रशासनिक यन्त्र ।

सहरबाट प्रतिदिन निस्कने हजारौं टन फोहर धरतीका लागि खतरा बनिरहेको छ । सडक किनार सर्वत्र फ्यालिएको छरपस्ट फोहरले पर्यावरणलाई नोक्सान पु¥याइरहेको छ ।

यसबाट निस्कने धुवाँले पर्यावरणलाई मात्र नभई जनसमुदायका लागि पनि खतरा बन्दै छ । प्लास्टिकजन्य फोहोर बाल्दा निस्किने विषालु ग्यास कैयौं प्रकारका बिमारीका कारण मात्र बन्दैन बरू पर्यावरणलाई पनि ठूलो नोक्सान पु¥याउँदछ ।

यो धुवाँ ती मानिसका लागि विशेष रूपले खतरनाक हुन्छ जो श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुन्छन् । सबैभन्दा खतरनाक स्थिति यो छ कि जमिनमा रहेको प्लास्टिकजन्य फोहर वर्षातको पानीमा मिसियर भूतलसम्म ती खतरनाक रसायन पु¥याउँदै छ जुन मानव जातिका लागि विनासक सिद्ध हुन सक्छ । यो रसायनले पछि भूजललाई पनि विषाक्त बनाउँदै जानेछ ।

नेपालमा आज यस्तो प्रतीत भइरहेको छ मानौं आकाशदेखि लिएर पातालसम्म सर्वत्र फोहरमैलाको नै एकछत्र रामराज्य छ । गन्दगीको यस आतंकबाट मुक्तिको कहीकतै कुनै बाटो देखिइरहेको छैन । वास्तवमा जुन बाटो बाँकी छ त्यसमा अनुशासनपूर्वक हिंड्नका लागि समझ र सामथ्र्य देशमा अझै देखिएको छैन ।

अझै पनि यो समस्याबारे राज्यको नीतिनिर्माण कार्यान्वयन तहका साथै सबै सरोकारवालाले नसोच्ने हो भने आउँदा दिनमा यसको दुष्परिणाम वर्तमान पुस्ताले मात्र होइन भावी पुस्ताले पनि भोग्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्