च्यासलस्थित एमाले पार्टी कार्यालयमा ओलीसँग एक घन्टा बिताए वामदेव गौतमले  



काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमबीच भेटवार्ता भएको छ । च्यासलस्थित एमाले पार्टी कार्यालय वामदेव गौतम र ओलीबीच एक घन्टा लामो भेटवार्ता भएको हो । आफू पहिल्यै एमालेमा सक्रिय रहन इच्छुक भए पनि समूहको व्यवस्थापन नटुंगिएकाले ढिलाइ भएको वामदेवको भनाइरहेको छ ।

एमाले अध्यक्ष ओलीले पनि गौतमलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गरेका छन् । एमालेमा ७० वर्षे उमेर हद फुकाउने निर्णय वामदेवकै व्यवस्थापनका लागि भनेर पार्टी नेताहरूले भनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्