अमेरिकाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल



काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। टस जितेपछि नेपाली कप्तान रोहित पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

योसँगै अमेरिकाले ब्याटिङको निम्तो पाएको छ। अमेरिकाविरुद्धको खेलमा नेपालले एक परिवर्तन गरेको छ। आजको खेलमा सोमपाल कामीको स्थानमा ललितनारायण राजवंशीलाई प्लेइङ इलाभेनमा राखिएको छ। सोमपाल चोटग्रस्त हुँदा उनको स्थानमा स्पिनर राजवंशीले प्लेइङ इलाभेनमा स्थान बनाएका हुन्।

जिम्बाब्बेको तकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल अमेरिकालाई पराजित गर्दै विश्वकप छनोटको सुपर सिक्समा पुग्ने सम्भावनालाई कायमै राख्ने लक्ष्यमा हुनेछ। नेपाल र अमेरिका दुवै टिम आ-आफ्नो पहिलो खेलमा पराजित भएका राष्ट्र हुन् । नेपाल आफ्नो पहिलो खेलमा जिम्बाब्बेसँग आठ विकेटले पराजित भएको थियो। यता, अमेरिका वेष्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्