अमेरिकाविरुद्ध नेपालको शानदार सुरुवात, करणले एक्लैले लिए चार विकेट



काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध शानदार सुरुवात गरेको छ। पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ। चारै विकेट करण केसीले लिएका हुन्।

करणले दोस्रो ओभरको पाँचौं र छैटौं विकेटमा लगातार विकेट लिएका छन्। ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई स्लिपमा आरिफ शेखबाट क्याच आउट गराए।

त्यसपछि आठौं ओभरको पाँचौं बलमा कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए भने दशौं ओभरको दोस्रो बलमा स्लिपमै आरिफबाट नोस्थुस केन्जीगलाई आउट गराए । अमेरिकाले १२ ओभरमा ४ विकेट गुमाएर २३ रन बनाएको छ।

प्रतिक्रिया दिनुहोस्