नागरिकताको माग गर्दागर्दै बेहोस



काठमाडौँ । नागरिकताको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शनमा उत्रिएका एक युवा बेहोस भएका छन् । नागरिकता पीडित सङ्घर्ष समितिले माइतीघरमा गरेको प्रदर्शनमा सहभागी एक युवा बेहोस भएका हुन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरू नागरिकताबाट वञ्चित भएको भन्दै प्रदर्शन भएको हो । निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले बल प्रयोग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्