सांसद विकास कोषको ५ करोड रुपैयाँ हामीलाई चाहिँदैन : सिंह



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले सांसद विकास कोषको ५ करोड रुपैयाँ आफूलाई नचाहिने बताएका छन् । उनले अहिलेको आर्थिक मन्दीको बेला सरकारसँग पैसा छैन भने सांसद विकास कोषको ५ करोड रुपैयाँ नचाहिने बताएका हुन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले भने, ‘यदि सरकारसँग पैसा छैन भने जुन हामीलाई ५ करोड रुपैयाँ दिनुभएको छ, त्यो  चाहिँदैन । आर्थिक मन्दीबाट देशलाई माथि उकास्नका लागि व्यापार घाटाबाट उकास्नका लागि दिएको त्यो ५ करोड रुपैयाँ राप्रपाको तर्फबाट सम्पूर्ण रकम तपाईँलाई दिन चाहन्छौँ । यो राष्ट्र निर्माण गर्न र घाटा बचाउनका लागि हाम्रा रविजीको पार्टीले पनि अरू सांसदहरूको पार्टीले पनि, एमालेले पनि आफूले पाउने ५ करोड दिनुहुन्छ भन्ने मलाई लागेको हो । सरकारमा रहेका पार्टीले दिने कि नदिने हो रु नयाँले त दिने भनिसके ।’

सिंहले काठमाडौँ९हेटौडा सुरुङमार्गका लागि बजेट व्यवस्थापन गर्न  आग्रह गरे सरकारसँग पैसा छैन भने सो परियोजनाका लागि जापान सरकारसँग शून्य दशमलव ५ प्रतिशतमा अनुदान पाउन सकिने बताए । सो सुरुङमार्गको  भौगोलिक अवस्थाको अध्ययन जापानको हाज्मा कम्पनीले गरिसकेको बताउँदै उनले परियोजना सुरु भयो भने बिहार र युपीका पर्यटक आउन पनि नजिकको दुरी पर्ने बताए ।

उनले हेटौँडामा रहेको कपडा उद्योग, बुटवल धागो कारखाना र गोरखकाली कारखाना पुनः सञ्चालन गर्ने कुरा बजेटमा राखिएकोमा यी कारखाना कसरी सञ्चालन गर्ने भन्दै सरकारलाई प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्