बालेनका पछिल्ला गतिविधिप्रति असहमति जनाउँदै शैक्षिक मामिला सल्लाहकार रेशुले दिइन् राजीनामा



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन् । बुधबार वक्तव्य जारी गर्दै अर्यालले आफूले पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् । मेयर बालेन शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका कारणले आफूले राजीनामा दिएको बताइन् ।

अर्यालले मेयर शाहका कुन कुन निर्णय र के के कदमप्रति आफ्नो विमति हो भन्नेबारे भने केही खुलाएकी छैनन् । बालेनको निर्देशनमा पछिल्लो समयमा संस्थागत विद्यालयमा अनिवार्य १० प्रतिशत छात्रवृत्तिमा कडाइ गरेको थियो ।

त्यस्तै १३ हजार विद्यार्थीहरुलाई छात्रवृत्ति दिइएको थियो । बालेन मेयरमा भए लगत्तै उनको शिक्षा सल्लाहकारमा अर्याललाई नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्