एक वर्षमा ५ हजारलाई रोजगारी दिने बालेनको घोषणा



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक वर्षमा कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस्तो घोषणा गरेका हुन्।

उनले परम्परागत पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात गर्ने लक्ष्य नीति तथा कार्यक्रम गर्ने घोषणा गरेका हुन्। नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्दे, खाल्डाखुल्डी रहित काठमाडौँ सहरको निर्माण गर्ने घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्