प्रधानमन्त्री बन्ने बाटोमा महामन्त्री थापा 



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री बन्ने  बाटोमा रहेको बताएका छन् । शनिबार काठमाडौँको बुढानीलकण्ठमा आयोजित कार्यक्रममा आफू एक पटक पार्टीको संसदीय दलको नेतामा  हारे पनि आफू प्रधानमन्त्री बन्ने बाटोमा रहेको बताएका हुन् ।

उनले भने,  ‘म त क्लियर छु हेर्नुस्, विधिभित्रै रहेर यो कुरा गरिरहेको छु । म नेपाली काँग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हो । मैले सबै साथीहरूको मन चित्त त बुझाउन सकिनँ । तर म थाकेको छैन, हारेको छैन ।ु

नेपालमा भूतपूर्व प्रधानमन्त्रीहरूबाटै प्रधानमन्त्री चयन भइरहेको भन्दै उनले काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला त्यसलाई बदल्नुपर्ने आवश्यक रहेको बताउँदै थापाले भने, ‘नेपाली कांग्रेसबाट भूतपूर्व भएको प्रधानमन्त्री काँग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बन्नुहुँदैन, त्यस कारणले गर्दा फेरि काँग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । सके बदल्छु बदल्छु । त्यसलाई बदल्छु सके आफू बन्छु, नसके अरूलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु । त्यो बदलिनपर्छ र बदल्ने ठाउँ दिएको छ, बदल्ने ठाउँ कहाँ दिएको छ भने त्यहीँ दलभित्रै छ ।’

थापाले २०६४ सालको संविधानसभा चुनावपछि रामचन्द्र पौडेल र शेरबहादुर देउवाबिच संसदीय दलको नेताको चुनाव हुँदा पौडेल निर्वाचित भएका बेलामा पार्टीले सर्वसम्मत प्रधानमन्त्री चयन हुने अवस्था आएमा देउवालाई उम्मेदवार बनाउने निर्णय गरी २३ असार, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री बन्ने प्रयासमा रहेको बताएका छन् ।

शनिबार काठमाडौँको बुढानीलकण्ठमा आयोजित कार्यक्रममा उनले आफू एक पटक पार्टीको संसदीय दलको नेतामा पराजित हुँदैमा नथाकेको बताए । ‘म त क्लियर छु हेर्नुस्, विधिभित्रै रहेर यो कुरा गरिरहेको छु । म नेपाली काँग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हो । मैले सबै साथीहरूको मन चित्त त बुझाउन सकिनँ । तर म थाकेको छैन, हारेको छैन’ उनले भने ।

नेपालमा भूतपूर्व प्रधानमन्त्रीहरूबाटै प्रधानमन्त्री चयन भइरहेको भन्दै उनले काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला त्यसलाई बदल्नुपर्ने बताए ।

‘नेपाली काँग्रेसबाट भूतपूर्व भएको प्रधानमन्त्री काँग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बन्नुहुँदैन, त्यस कारणले गर्दा फेरि काँग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । सके बदल्छु बदल्छु । त्यसलाई बदल्छु सके आफू बन्छु, नसके अरूलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु’ थापाले भने, ‘त्यो बदलिनपर्छ र बदल्ने ठाउँ दिएको छ, बदल्ने ठाउँ कहाँ दिएको छ भने त्यहीँ दलभित्रै छ ।’

थापाले २०६४ सालको संविधानसभा चुनावपछि रामचन्द्र पौडेल र शेरबहादुर देउवाबिच संसदीय दलको नेताको चुनाव हुँदा पौडेल निर्वाचित भएका बेलामा पार्टीले सर्वसम्मत प्रधानमन्त्री चयन हुने अवस्था आएमा देउवालाई उम्मेदवार बनाउने निर्णय गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्