अपराधीलाई छुट हुँदैन,निर्दोष तर्सिनु पर्दैन : गृहमन्त्री श्रेष्ठ



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले किर्ते,ठग,भ्रष्टाचारी, सङ्गठित अपराधी बाहेक निर्दोष कोही तर्सनु आवश्यक नरहेको बताएका छन् । मन्त्री श्रेष्ठले ट्विटरमार्फत, धनी–गरिब, सम्पन्न–विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने भन्दै त्यस्तो अपेक्षा नगर्न पनि आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि किर्ते, ठगी, भ्रष्टाचार, सङ्गठित अपराध र राज्य द्रोहमा संलग्न बाहेक निर्दोष कोही तर्सनु पर्दैन । दोषी र अपराधीलाई भने छुट हुने छैन,’ उनले ट्विट गर्दै भनेका छन्, ‘अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन । त्यस्तो अपेक्षा नगरौँ ।’

प्रतिक्रिया दिनुहोस्