लाइक इमोजी पठाएकै आधारमा लाखौँ जरिवाना 



काठमाडौँ । सोसल मिडियामा विभिन्न प्रकारका लाइक-डिसलाइक इमोजीहरू प्रयोग गर्छौँ, ती मध्ये एउटा थम्प्स अप इमोजी हो । जसमा औँलाको छाप माथि माथि देखाइएको छ। तर, यो इमोजी अब कानुनी समस्यामा पर्न सक्छ। क्यानडामा यस्तै एउटा घटना बाहिर आएको छ जहाँ अदालतले थम्प्स अप इमोजीको साथ सहमति पठाउने एक व्यक्तिलाई ८० लाख जरिवाना लगाएको छ ।

अदालतले थम्प्स अप इमोजीलाई हस्ताक्षरको रूपमा लिनुपर्ने भनेको छ। त्यसैले सार्वजनिक स्थानमा प्रयोग गर्दा लापरबाही नगर्नुहोस्। यदि तपाईँले कसैको प्रस्तावमा थम्प्स अप इमोजी पठाउनुभयो भने, यसको मतलब तपाईँले त्यो प्रस्तावमा हस्ताक्षर गर्नुभएको छ। यो एक प्रकारको सम्झौता हुनेछ। क्यानडाको सास्काचेवानमा रहेको किंग्स बेन्चको अदालतले यो निर्णयमा भनिएको छ ।

घटनमा के थियो ?

यो मुद्दा दुई वर्ष पुरानो हो, जसको फैसला अहिले आएको छ । एक जना अनाज व्यापारीले किसानबाट अन्न किन्नको लागि ठेक्का पठाए। त्यो सम्झौतामा मूल्य आदि लेखिएको थियो। मोबाइलमा ठेक्का पाएपछि किसानले ती व्यापारीलाई थम्प्स अप इमोजी पठाए । व्यापारीले बुझ्यो कि सम्झौता भयो। तर, जब डेलिभरीको पालो आयो, किसानले मूल्य बढ्छ भन्दै अस्वीकार गरे।

यस विषयमा अनाज व्यापारी अदालत गए, जहाँ उनले प्रमाणका रूपमा किसानले पठाएको थम्प्स अप इमोजी देखाए। तर किसानले थम्प्स अप पठाएर आफूले प्रस्ताव आएको बताउन चाहेको बताए । उनले सम्झौतामा सहमति दिएको होइन ।

अदालतले आफ्नो फैसलामा यसअघि पनि यस्ता घटना सार्वजनिक भएको बताएको छ । नयाँ प्राविधिक माध्यमको युगमा, थम्ब्स अप इमोजी कागजातमा हस्ताक्षर गर्नु बराबर छ, यदि तपाईँले पठाउनुभएको छ भने।

प्रतिक्रिया दिनुहोस्