मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले बनायो समिति



काठमाडौँ । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानबिन समिति गठन गरिएको हो । बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटना हुँदा सवार पाइलटसहित ६ जनाकै मृत्यु भएको छ । मंगलबार सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट बिहान १० बजेर १३ मिनेटमा काठमाडौँका लागि उडेको विमान दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्