सीता दाहालको निधनका कारण संसदीय समितिका बैठक स्थगित



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण संसदीय समितिका बैठकहरू स्थगित भएका छन् । अर्थ समितिको बैठक११ बजे तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक १ बजेका लागी बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।

समितिका सदस्यहरू श्रद्धाञ्जलीका लागि गएकाले बैठक स्थगित गरिएको हो । सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्