क्रिकेटमा अब महिला र पुरुषको पुरस्कार बराबर



काठमाडौँ । न्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले महिला र पुरुषको पुरस्कार राशि बराबर हुने घोषणा गरेको छ । दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आइसिसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो ।

सो निर्णयपछि अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार रकम पनि बराबर हुनेछ । आइसिसी अध्यक्ष ग्रेग बार्कलेले यो महत्त्वपूर्ण क्षण भएको बताएका छन् । उनले भने, यो हाम्रो खेलको इतिहासमा महत्त्वपूर्ण क्षण हो।  म खुशी छु कि आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरले समान पुरस्कार राशि पाउनेछन् ।

पुरस्कार राशि समान बनाउने प्रयास स्वरूप २०१७ देखि महिला प्रतियोगितामा पुरस्कार बढाउँदै आएको बार्करहेको छ । अब आइसिसी महिला विश्वकप, महिला टी-२० विश्वकप र यू-१९ महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्