दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते



काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं.२९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

झापाको काँकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५:२० बजे आफैँ अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते भएका हुन् ।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था भने सामान्य रहेको छ । बस सडकबाट झन्डै १० मिटर तल खसेर रुखमा अड्किएको छ र त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस्