हतियारको प्रहारबाट रौतहटमा एक युवकको हत्या



काठमाडौँ। घरेलु हतियारको प्रहारबाट रौतहटमा एक युवकको हत्या गरिएको छ  । देवाहिगोनाहि नगरपालिका ६ कर्कच कर्मैया बस्ने अन्दाजी वर्ष ३५ को जगरनाथ साह कानुको शुक्रबार राति घरेलु हतियारको प्रहारबाट हत्या गरिएको हो ।

इलाका प्रहरी कार्यालय देवाहिगोनाही का प्रहरी निरीक्षक गोविन्द साहले मृतक कानुको घाँटीमा घरेलु हतियार प्रहार गरी हत्या गरिएको पाइएको  बताएका छन् । मृतक कानु , उनकी श्रीमती र छोरी सङ्गै सुतेका थिए ।  मध्यरातमा मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले कानुलाई बोलाएपछि ढोका  खोलियो अनि अर्कै कोठामा उनको हत्या भयो । प्रारम्भिक अनुसन्धानबाट सो खुल्न आएको हो । तर हत्या कसले गर्‍यो वा हत्या बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्