अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौँमा 



काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू काठमाडौँ आइपुगेका छन् । विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौँ आइपुगेका हुन् ।

उनले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नेछन् भने नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने कार्यक्रम रहेको छ ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री र लुबिच बेलुकी ६ बजे बालुवाटारमा नै भेट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्