नेपाली बजारमा सुनको मूल्य बढ्यो



काठमाडौँ । नेपाली बजारमा मङ्गलवार सुनको मूल्य बढेको भने चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार २००, तेजाबी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सोमबार एक लाख १२ हजार रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ४५० रुपैयाँ तेजाबी सुनको कारोबार भएको थियो । यस्तै, सोमबार चाँदी १४ सय ६० रुपैयाँ तोलामा खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्