एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकले यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको नयाँ मिति तय गर्नेछ ।

यसअघि तय भएको साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्युरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । प्राविधिक कारण देखाउँदै स्थगित भएको सो बैठकको नयाँ मिति आजको सचिवालय बैठकले तय गर्ने सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्