सन्दीप बने प्लेयर अफ द म्याच, ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट 



काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ग्लोबल टि२० क्यानडामा प्लेयर अफ द म्याच अवार्ड जितेका छन् । सर्रे जागुअर्सलाई मिसिसौगा प्यान्थर्सविरुद्ध ८ विकेटको सहज जित दिलाउन सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिएका थिए ।

जारी सिजनमा सन्दीपले चौथो पटक अवार्ड जितेका हुन् । सन्दीपले प्लेयर अफ द म्याच अवार्ड बापत १ हजार डलर ९१ लाख ३२ हजार नेपाली रुपैयाँ० पाउनेछन् ।

सन्दीपले यस अघि तीन खेलमा ५ सय डलर (६६ हजार नेपाली रुपैयाँ) पुरस्कार राशि भएको मोमेन्ट अफ द म्याच अवार्ड जितेका थिए ।

सन्दीपले उक्त अवार्ड मिसिसौगा प्यान्थर्स, मोन्टरिएल टाइगर्स र टोरोन्टो नेशनलविरुद्ध मोमेन्ट अफ द म्याच अवार्ड जितेका थिए । मोन्टरिएलविरुद्ध हारका बाबजुद उक्त अवार्ड पाएका थिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पान्थर्सले १४.३ओभरमा ५६ रनमाअल आउट भएको थियो । उक्त लक्ष्य सर्रेले ९ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । सर्रेको जितमा मोहम्मद हरिस २३ बलमा ६ चौका र १ छक्कासहित ३७ रनमा अविजित रहे ।

सन्दीपलाई सर्रेले आठौँ ओभरमा ल्याएको थियो । सन्दीपले पहिलो बल जेम्श निसमलाई डट राखेका थिए । दोस्रो बलमा एक रन दिए । तेस्रो र चौथौ बलमा पाकिस्तानी युवा ब्याटर आजम खानलाई उनले डट राखेका थिए ।

पाँचौँ बलमा सन्दीपले आजम खानलाई २ रनमा कप्तान इफ्तिखर अहमदबाट क्याच आउट गराए । लगत्तै अर्को बलमा नेदरल्यान्ड्सका स्टार ब्याटर टम कुपर शून्यमा एलबीडब्लू आउट भए । पहिलो ओभरमै सन्दीपले मात्रै एक रन दिएर दुई महत्त्वपूर्ण विकेट लिएका थिए ।

सन्दीपले १० औँ ओभरमा मात्रै तीन रन दिए । पहिलो बल जेम्श निसमलाई एक रन दिएका थिए । त्यसपछि निखिल दत्तलाई लगातार चार बल डट राखेका थिए । अन्तिम बलमा दुई रन दिएका थिए ।

१२ औँ ओभरमा सन्दीपले मात्रै एक रन दिए । सन्दीपले निखिल दत्तलाई सुरुवाती लगातार पाँच बल डट गरेका थिए । अन्तिम बलमा एक रन दिएका थिए । १४ औँ ओभरको पहिलो बल निसमलाई डट र दोस्रो बलमा एक रन दिए ।जहुर खानलाई तेस्रो बल डट राखे । चौथो बलमा जहुर खानलाई एलबीडब्लू आउट गरे ।

प्रतिक्रिया दिनुहोस्