ललिता निवास प्रकरणमा ठुला नेताको नाम आउन थालेपछि सामसुम पार्न खोजिएकाे आरोप 



काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरू तानिने भएपछि सामसुम पार्न खोजिएको आरोप लगाएका छन् ।

बिहीबार नेपाल प्रेस युनियनको काठमाडौँ जिल्ला शाखाको पदस्थापन गर्न आयोजित कार्यक्रममा डा। कोइरालाले ललिता निवास जग्गा प्रकरणको छानबिनमा तत्कालीन प्रधानमन्त्रीहरू तानिने भएपछि सामसुम पार्न खोजिएको बताएका हुन् ।

उनले भने,  ‘शरणार्थीपछि ललिता निवास प्रकरण आयो, त्यो इस्यु पनि अघि बढ्दै गयो ठ्याक्कै गएर रोकिएको छ किनकि माथि कोही न कोही मानिसहरु परेका छन् । अब यस्तो पनि कहीँ हुन्छ रु शाखा अधिकृतले टिप्पणी उठाएको हुन्छ मन्त्रिपरिषद्‌मा लैजाने भनेर । त्यो शाखा अधिकृत चाहिँ जेल गएर भर्खर अदालतको आदेशमा अहिलेको सचिवजी रिहा हुनुभएको छ । तर, जसले मन्त्रिपरिषद्बाट निर्णय गरेको छ तिनीहरूलाई चाहिँ छुँदैन ।’

डा.कोइरालाले सुन तस्करीको छानबिनमा राजश्व अनुसन्धान विभाग मात्र संलग्न गराएर प्रहरीलाई बाइपास गरिएको भन्दै आशङ्का जनाएका छन् । उनले एक साता अघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पिए रहेका नवराज ढुङ्गानालाई राजश्व अनुसन्धानको प्रमुख बनाएर पठाइनु र अनुसन्धानमा सीआईबी संलग्न नगराइनु गम्भीर विषय भएका बताएका छन् ।ललिता निवासको जग्गाको सन्दर्भमा मन्त्रिपरिषद्‌बाट निर्णय गर्ने बेला प्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्टराई थिए ।

प्रतिक्रिया दिनुहोस्