नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिँदै



काठमाडौँ । १७ साउनदेखि काठमाडौँमा सुर भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिने भएको छ । माओवादीले केन्द्रले यही १७ साउनदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक आज सक्ने  लागेको हो ।

केन्द्रीय समितिको बैठकमा चार दिनसम्म २२१ जना ले बैठकमा धारणा राखेका छन् । आज नभ्याउन बाँकी सदस्यको धारणा लिखितरुपमा लिने गरी आजै बैठक सक्ने तयारी भएको हो ।

आजको बैठकमा थप सदस्यहरूले धारणा राखेपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको छ । दिउँसो १ बजेसम्म बाँकी सदस्यहरूका लागि समय छुट्याइएको छ । त्यसपछि अध्यक्षले जवाफ दिने कार्यक्रम रहेको छ ।

बैठकमा केन्द्रीय समिति सदस्य, वैकल्पिक सदस्य, केन्द्रीय आयोग र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन् ।यसै बैठकबाट माओवादी ले २२ जना केन्द्रीय सदस्य थपेर महिलाको सङ्ख्या ३३ प्रतिशत पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्