सेयर बजारमा दोहोरो अङ्कको गिरावट



 काठमाडौँ । साताको पहिलो कारोबारको दिन आज आइतबार सेयर बजार परिसूचक नेप्से भारी अङ्कले ओरालो लागेको छ । नेप्से आज दोहोरो अङ्कले ओराला लागेको हो ।  नेप्से आज ३८ अङ्कले  ओरालो लागेको हो । नेप्से आज ओरालो लागेसँगै २०५१  अङ्कको विन्दुमा पुगेको छ ।

 आज विभिन्न १९७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको मूल्य स्थिर छ । यस क्रममा आज २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको ८० लाख कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । गत साताको बिहीबार परिसूचक ३ अङ्कले बढ्दा १ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन, आजको तुलनामा न्यून हो । यस्तै, आज आईएमई लाइफको सेयर मूल्य ९।९९ प्रतिशत र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ९।९८ प्रतिशतले बढेको छ ।आज कारोबारमा आएका सबै १३ वटै समूहको सूचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्