वाग्मतीसहित आज यी नदीमा बाढीको सम्भावना (सूचीसहित)



काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको छ।
केही प्रदेशमा आज भारी र धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढीको पनि उच्च जोखिम रहेको छ ।

आज वाग्मती, पूर्वी राप्ती, कमलाका केही ससाना सहयक नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्नसक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेस प्रदेशका स–साना नदीमा पनि जलसतह उल्लेख्य बढ्नेछ । महाकाली नदीमा जलसतह सामान्य घटबढ भए पनि सतर्कता तह आसपास हुने महाशाखाले जनाएको छ ।

यस्तै,आगामी तीन दिन कोसी, नारायणी,कर्णाली, कन्काई,पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहनेछ । यद्यपि, बढ्दो क्रममा रहने महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्